बुधबार, पुष ९, २०८२

वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैन : प्रजिअ सुवेदी

नेपालखोज २०८२ भदौ ११ गते ५:४२

वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताएका छन् ।

केही समय अघि मात्रै जिम्मेवारीमा आउनुभएका सुवेदीले आज यहाँ पत्रकारसँग भेटघाटमा हैजा सङ्क्रमणसँग जुँधेर काम गर्नुपर्नेमा जोड दिए । ‘हामी निकै संवेदनशील भएर हैजा सङ्क्रमण रोकथाम र नियन्त्रणमा लागेका छौँ’, उनले भने, ‘अहिलेसम्म यहाँ देखिएको हैजा नियन्त्रण गर्न सक्ने अवस्थामै छ ।’

प्रजिअ सुवेदीले हाल हैजाका विरामीहरुको उपचारात्मक र सचेतनामुलुक दुवै खालका गतिविधि सञ्चालन गदै आइरहेको बताए । उनले भने, ‘हैजा सङ्क्रमित बिरामी अस्पताल अस्पतालबाट निको भएर घर फर्किने क्रम बढिरहेको छ । सबै मिलेर हैजाको रोकथाम र नियन्त्रणका लागि हातेमालो गर्न जरुरी छ ।’

प्रतिक्रिया