गणेशजी लाई सम्झिँदा ….

आज गणेश चतुर्थी । गणेशजी लाई सम्झने दिन वा पर्व । हिन्दु पूजापाठको विधि विधानमा सर्वप्रथम गणेश लाई न सम्झी अथवा उनको आराधना पूजा न गरी कुनै पनि शुभ कार्य सफल वा पूर्ण हुँदैन भन्ने मान्यता रहेको देखिन्छ । महारास्ट्रियनहरु (मराठीहरू) ले गणेश लाई अरू देवी देवताहरू भन्दा बढी मान्ने भएकाले आज मराठीहरूको ठुलो चाड पनि हो।
हिन्दु धर्ममा गणेश शुभको प्रतीक मानिन्छन् । ऊनी विघ्नहर्ता हुन । कुशल प्रबन्धक हुन् । आदि लेखक हुन् । ब्यासले भनेर उनले नै महाभारत ग्रन्थ लाई लिपिबद्ध गरेका हुन । गणेश शास्त्रहरूको ज्ञाता हुन । ऋद्धि और सिद्धि उनको दुई पत्नी हुन । समृद्धि र लाभ उनको संतान हुन । उनी खराब नजर हुनेहरूको को दुस्मन हुन । प्रकृति प्रेमी हुन । उनी दुबो र घाँस मन पराउने हुँदा पर्यावरण प्रेमी हुन । मुसा उनको वाहन हो । त्यसैले उनी जनावर प्रेमी पनि हुन् । हिन्दु धर्म मान्ने चित्रकार र मूर्तिकारहरूले अरू देवी देवता भन्दा उनको नै बढी चित्र बनाएको म देख्छु।
वक्रतुंड महाकाय। सूर्यकोटि सम प्रभ।
निर्विघ्न कुरु मे देव। सर्व कार्येषु सर्वदा॥
गणेश लाई लिएर अनेक मिथकहरु छन् । अनेक मान्यताहरू , अनेक कथाहरू श्रुति, स्मृति,धर्म सूत्र, मीमांसा, पुराण, महापुराण छन्। हिन्दुहरूका अनुसार गणेश यत्र, तत्र, सर्वत्र छन्।








प्रतिक्रिया