३ हजारले बढेर तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ पुग्यो सुनको मूल्य
नेपालखोज
२०८२ भदौ १५ गते ११:०९

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार एकैपटक ३ हजार रुपैयाँ बढेर छापावाल सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया