नेपाल–बंगलादेश ‘रग्बी सिरिज’ भदौ अन्तिम साताबाट
नेपालखोज
२०८२ भदौ १५ गते १७:३५

काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा नेपाल–बङ्गलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने भएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दिपक देवकोटाले सिरिजमा रग्बी ‘सेभेन’ मा दुई र ‘फिफ्टिन’ मा एक खेल हुने जानकारी दिए ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सिरिजअन्तर्गत यही भदौ ३० मा रग्बी सेभेन र ३१ मा फिफ्टिनको खेल खेलाइने छ । सिरिजको पहिलो संस्करण सन् २०२२ मा बङ्गलादेशको ढाकामा भएको थियो । -रासस
सम्बन्धित








प्रतिक्रिया