बुधबार, पुष ९, २०८२

१२.३ अंकले बढ्याे नेप्से, पाँच अर्ब १० करोडको शेयर कारोबार

नेपालखोज २०८२ भदौ १६ गते १५:४८

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने १२ दशमलव ३ अंकले बढेर २७ सय ६१ दशमलव ८६ अंकमा पुगेको छ ।

नेप्सेमा आज ३२६ वटा कम्पनीको ६८ हजार ७ ७५ पटकको कारोबारमा एक करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा व्यापार समूहको सूचक ३५ दशमलव ४५ अंकले घटेर चार हजार १०१ दशमलव ५८ अंकमा झरेकोमा अन्य समूहको सूचक पनि शुन्य दशमलव ९७ अंकले घटेको छ । यि बाहेक बाँकी समूहहरुको सूचक भने बढेका छन् ।

जसमध्ये वाणिज्य बैंक समूहको सूचक २१ दशमलव ४१ अंकले बढेर १४ सय ४८ दशमलव ७२ अंकमा चढेकोमा विकास बैंक समुहको सूचक ३० दशमलव ३६ अंकले बढेर पाँच हजार ७७९ दशमलव ४९ अंकमा पुगेको छ । फाइनान्स समूहको सूचक ३ दशमलव ३८ अंकले बढेर २ हजार ४२० अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक २ दशमलव ८१ अंकले बढेर तीन हजार ५१० दशमलव ६३ अंकमा पुगेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि शुन्य दशमलव ५९ अंकले बढेर १२ हजार ९३० दशमलव ६६ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ३७ दशमलव १९ अंकले बढेर १२ हजार ४१६ दशमलव ९३ अंकमा पुगेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्थानमा हिमस्टार उर्जा कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।

प्रतिक्रिया