बिहीबार, पुष ३, २०८२

सिन्धुलीमा सवारी दुर्घटना : एक युकको मृत्यु, अर्काको अवस्था गम्भीर

नेपालखोज २०८२ भदौ १७ गते १७:२३

सिन्धुली । कमलामाई नगरपालिका-९ नयाँबस्तीमा आज अपराह्न भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीका अनुसार बर्दीवासबाट कटारीतर्फ गइरहेको नम्बरको बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक काभ्रे भुम्लु गाउँपालिका-९ का १८ वर्षीय सौगात माझीको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार भारतको मोतिहारीका १८ वर्षीय सागर आलमको अवस्था गम्भीर छ । निजको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई नियन्त्रयामा लिइएको छ ।

प्रतिक्रिया