संयुक्त उर्जा लिमिटेडले साधारण शेयर निष्काशन गर्ने
नेपालखोज
२०८२ भदौ १९ गते १७:२५

काठमाडौं । संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणका लागि शेयर जारी गर्नै भएको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता साधारण शेयर जारी गर्नको लागि शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र संयुक्त उर्जा लिमिटेडका तर्फबाट प्रबन्ध संचालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका हुन ।
संयुक्त उर्जा लिमिटेडले म्याग्दी जिल्लाको रघुगंगा गाउँपािलकामा रहेको २१.३ मेगावाट क्षमताको ठूलो खोला जलबिद्युत आयोजना निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन शुरु भईसकेको छ ।
सम्बन्धित








प्रतिक्रिया