बुधबार, पुष ९, २०८२

साताभर २५ अर्ब ४७ करोड ८१ लाख रुपैंयाँको शेयर किनबेच

२७ सय १९ बिन्दुमा खुम्चियो शेयर बजार

नेपालखोज २०८२ भदौ २० गते १३:५६

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २७ सय १९ दशमलव ७७ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६९ दशमलव ९३ बिन्दुमा खुम्चिएको छ ।

यो साता तीन सय २६ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार तीन लाख ९३ हजार तीन सय ४२ पटकको कारोबारमा चार करोड ७५ लाख चार हजार तीन सय ७८ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २५ अर्ब ४७ करोड ८१ लाख ९५ हजार नौं सय ५९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा सात अर्ब रुपैंयाँले कम हो ।

गत साता धितोपत्र बजारमा तीन सय २३ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार तीन लाख ११ हजार दुई सय ८५ पटकको कारोबारमा छ करोड ७० लाख आठ हजार नौं सय ४१ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ३२ अर्ब २६ करोड ६१ लाख ७० हजार छ सय ९० रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुलेको थियो । जसमध्ये दोस्रो दिन उकालो लागेको नेप्से परिसुचक बाँकी चार कार्यदिन भने लगातार ओरालो लागेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक ३१ दशमलव १७ अंकले ओरालो लागेर २७ सय ४९ दशमलव ८३ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव तीन अंकले ओरालो लागेर चार सय ७२ दशमलव ६४ बिन्दुमा झरेको थियो ।

दोस्रो कारोबार दिन सोमबार भने नेप्से परिसुचक १२ दशमलव तीन अंकले उकालो लागेर दुई हजार सात सय ६१ दशमलव ८६ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७४ अंकले उकालो लागेर चार सय ७६ दशमलव ३८ बिन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचक १९ दशमलव ८९ अंकले ओरालो लागेर दुई हजार सात सय ४१ दशमलव ९७ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६९ अंकले ओरालो लागेर चार सय ७३ दशमलव ६८ बिन्दुमा झरेको थियो ।

चौंथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक १५ दशमलव ६४ अंकले ओरालो लागेर २७ सय २६ दशमलव ३३ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७४ अंकले ओरालो लागेर चार सय ७० दशमलव ९४ बिन्दुमा झरेकोे थियो । पाँचौं कारोबार दिन बिहिबार पनि नेप्से परिसुचक छ दशमलव ५५ अंकले ओरालो लागेर २७ सय १९ दशमलव ७७ बिन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ११ अंकले ओरालो लागेर चार सय ६९ दशमलव ९३ बिन्दुमा झरेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, हिमालन रि इन्स्योरेन्स कम्पनी अगाडि परेको छ भने सेयर कारोवार भएको संख्याको आधारमा पनि नेपाल पुर्नबीमा कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली अगाडि परेको छ । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।
दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
पहिलो दिन ३२१ ९७१७४ १४८०५६९ ६०६१८२२३७९.१०
दोस्रो दिन ३२६ ६८७७५ ११४४०८४४ ५१०५७४६६५७.६५
तेस्रो दिन ३२३ ८९७७५ १०५३५८७४ ४४३८२५१८१२.७१
चौंथो दिन ३२६ ६८५९४ ११३४५९९४ ४७२८०५२८६०.९८
पाँचौं दिन ३१७ ६९०२४ १२७०१०९७ ५१४४३२२२५८.७५
कुल ३२६ ३९३३४२ ४७५०४३७८ २५४७८१९५९५९.१४
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रतिक्रिया