बिहीबार, पुष १०, २०८२

थाई संसद्ले नयाँ प्रधानमन्त्री छान्दै

नेपालखोज २०८२ भदौ २० गते १६:०२

बैङ्कक । थाई सांसदहरू शुक्रबार नयाँ प्रधानमन्त्री चयनका लागि भेला भएका छन् । प्रमुख दलहरूले भने चाँडै संसद् विघटन गरी आम चुनाव घोषणा गर्ने प्रतिस्पर्धी वाचा गरेका छन् । उनीहरूले यसलाई देशको राजनीतिक सङ्कट समाधान गर्ने बाटोका रूपमा प्रस्तुत गरेका छन् ।

सन् २०२३ को आम निर्वाचनमा मनोनित भएका पाँच उम्मेदवारमध्ये मात्र संवैधानिक नियमअनुसार प्रधानमन्त्री बन्न योग्य छन् । तीमध्ये भुमजाइथाई पार्टीका नेता अनुतिन चार्नविराकुल पद सुरक्षित गर्ने सबैभन्दा सम्भावित उम्मेदवारका रूपमा देखिएको छ । गत हप्तामात्र संवैधानिक अदालतले पेटोङ्टार्न सिनावात्रालाई कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँग सीमासम्बन्धी विवादमा गरिएको फोनवार्तालाई नैतिकता कानून उल्लङ्घन गरेको ठहर गर्दै प्रधानमन्त्री पदबाट पदच्यूत गरेको थियो ।

यो विवाद जुलाईमा पाँच दिनसम्म चलेको घातक द्वन्द्वमा परिणत भएको थियो । अनुतिन र फेउ थाई पार्टीका उम्मेदवार चैकासेम नितिसिरीलाई आधिकारिक रूपमा उम्मेदवारका रूपमा प्रस्ताव गरिएको छ । प्रधानमन्त्री बन्न दुवैलाई सदनमा बहुमत पाउन कम्तीमा दुई सय ४७ मत आवश्यक छ । हाल कार्यवाहक सरकारको नेतृत्व गरिरहेको फेउ थाई पार्टीले मङ्गलबार संसद् विघटन गर्ने प्रयास गरे पनि, कार्यवाहक प्रधानमन्त्रीले राजाको प्रिभी काउन्सिलले यो माग अस्वीकार गरेको बताएका छन् ।

पूर्वमहान्यायाधिवक्ता तथा न्यायमन्त्री चैकासेमले बिहीबार संसद्मा उद्घाटन सम्बोधन गर्दै आफू निर्वाचित भए तुरुन्तै संसद् विघटन गर्ने प्रतिज्ञा गरे । अनुतिनले आफ्नै पार्टी र सहयोगी दलहरूबाट एक ४६ मत पाएको दाबी गरेका छन् । पिपुल्स पार्टीले पनि आफ्ना एक सय ४३ सांसदले उनलाई समर्थन गर्ने बताएको छ । यसरी चार सय ९२ सदस्यीय सदनमा आवश्यक दुई सय ४७ बहुमत सजिलै पुग्ने देखिएको छ ।

उनले कोभिड–१९ महामारीका समयमा स्वास्थ्यमन्त्रीका रूपमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । यद्यपि पर्याप्त खोप आपूर्ति ढिलाइ गरेको आरोपसमेत उनीमाथि लागेको थियो ।

प्रतिक्रिया