सोमबार, पुष ७, २०८२

उदयपुरमा एन्फा १४ वर्ष मुनिका विद्यार्थीको जिल्लाव्यापी फुटबल प्रतियोगिता

नेपालखोज २०८२ भदौ २१ गते २०:५०

गाईघाट (उदयपुर) । जिल्लाको गाईघाटस्थित थारुहट रङ्गशालामा आजदेखि १४ वर्ष मुनिका विद्यार्थीको जिल्लाव्यापी प्रतियोगितात्मक फुटबल प्रतियोगिता सुरु भएको छ ।

जिल्ला फुटबल सङ्घ उदयपुरको आयोजनामा आजदेखि भदौ २९ गतेसम्म जिल्लाभरिका निजी तथा सरकारी विद्यालयका १४ वर्ष मुनिका विद्यार्थीको सहभागितामा प्रतियोगिता सुरु भएको अध्यक्ष रञ्जन कार्कीले जानकारी दिए ।

आज भएको पहिलो खेलमा त्रियुगा नमूना मावि गाईघाटले पुष्पाञ्जली बोर्डिङ स्कुल गाईघाटका विद्यार्थीलाई टाइब्रेकरमा शून्यविरुद्ध एक गोलले जीत हासिल गरेको छ । खेलमा १७ विद्यालयले सहभागिता जनाएका छन् । -रासस

प्रतिक्रिया