भारतबारे गलत भएको ट्रम्पले महसुस गरे : पूर्वकूटनीतिज्ञ फाबियन

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भारत–अमेरिका सम्बन्धलाई ‘धेरै विशेष सम्बन्ध’ भन्दै आफ्नो बोली नरम बनाएपछि पूर्व भारतीय कूटनीतिज्ञ केपी फाबियनले आइतबार ट्रम्पले भारतप्रति अपनाएको आक्रामक व्यापार रणनीति अपेक्षित परिणाम नदिएको महसुस गर्न थालेको प्रतिक्रिया दिएका छन् ।
विशेषगरी, नयाँदिल्लीले रुसबाट तेल खरिद गर्दा ट्रम्पले थप २५ प्रतिशत कर लगाउने धम्की दिएका थिए । तर फाबियनका अनुसार यसले कुनै ठोस नतिजा ल्याउन सकेन । प्रधानमन्त्री मोदीले सौहार्दपूर्ण एक्सको उचित जवाफ दिए । तर यसबाट हामी तत्कालै यसको अन्त्य हुने निष्कर्ष निकाल्न सक्दैनौँ, मैले यसलाई ‘ट्रिपल टी’ — ‘ट्रम्प–अप ट्रम्प ट्यारिफ’ — भनेको छु । ‘ट्रम्प–अप’ भन्नुको अर्थ आधारविहीन हो ।
तर अहिले स्पष्ट छ कि राष्ट्रपति ट्रम्पले भारतले धम्कीपछि आत्मसमर्पण गर्ने उनको मूल अपेक्षा गलत भएको महसुस गर्न थालेका छन्, फाबियनले भने । मित्रवत् सम्बन्ध र पारस्परिक व्यापारका लागि खुला रहँदै आएको भारतले एकपक्षीय निर्णय वा दवाव स्वीकार गर्न नसक्ने उनले बताए । ट्रम्पले बुझ्नुपर्ने कुरा के हो भने भारत भनेको भारत हो । भारत सभ्यतागत राष्ट्र हो ।
भारत कुनै पनि देशको मौन अनुयायी बन्न सक्दैन । भारत सबैसँग मित्रता गर्न र व्यापार गर्न इच्छुक छ, तर निर्देशन लिन सक्दैन, उनले स्पष्ट पारे । यसअघि शुक्रबार (स्थानीय समय) राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा घोषणा गर्दै भारत–अमेरिका सम्बन्धलाई ‘धेरै विशेष’ भनेक थियो ।








प्रतिक्रिया