सोमबार, पुष ७, २०८२

कक्षा १२ को मौका परीक्षा स्थगित

नेपालखोज २०८२ भदौ २५ गते १४:१८

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा स्थगित गरेकाे छ ।

बोर्डले एक सुचना जारी गर्दै यहि भदाै २८ र २९ गते हुन लागेकाे माैका परीक्षा स्थगित गरेकाे जानकारी गराएकाे छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पूर्व निर्धारित तालिका अनुसार २०८२ भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका (पूरक) परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ ।’

प्रतिक्रिया