चीन–रुस–मङ्गोलियाको पहिलो संयुक्त सीमा रक्षा अभ्यास सम्पन्न
नेपालखोज
२०८२ भदौ २५ गते १५:५१

बेइजिङ । चीन, रुस र मङ्गोलियाले सोमबार र मङ्गलबार तीन देश भेटिने सीमाक्षेत्रमा आफ्नो पहिलो संयुक्त सीमा रक्षा अभ्यास सम्पन्न गरेका छन् ।
पिपुल्स लिबरेसन आर्मी डेलीका अनुसार ‘सीमा रक्षा सहयोग २०२५’ नाम दिइएको यो अभ्यास सीमा क्षेत्रमा सम्भावित आतङ्कवादी र तोडफोड गतिविधिविरुद्धको समन्वय सुदृढ गर्न केन्द्रित थियो ।
प्रत्यक्ष अभ्यासले रणनीतिक विश्वास गहिरो पार्दै सीमा सुरक्षा खतराहरूलाई सामूहिक रूपमा सामना गर्ने क्षमता बढाउने लक्ष्य लिएको थियो ।
अभ्यासका क्रममा तीनै देशका सेनाले चीनमा संयुक्त कमान्ड पोस्ट स्थापना गरी संयुक्त योजना, जासुसी र आक्रमण अभ्यास, तथा सीमा रक्षा सहयोगको नयाँ मोडेल परीक्षणजस्ता गतिविधि सम्पन्न गरेका थिए ।
अभ्यासपछि सहभागी सेनाहरूले सीमा व्यवस्थापन र नियन्त्रणका अनुभव र विचारहरू आदानप्रदान गरेका थिए ।
सम्बन्धित








प्रतिक्रिया