मंगलबार, पुष १, २०८२

दिउँसो २ बजेसम्म खुल्ने बैंकहरु

नेपालखोज २०८२ भदौ २६ गते ११:२६

काठमाडौं । निषेधाज्ञाकै बीच काठमाडौं उपत्यकामा बैंक खुल्न थालेका छन् । गएको सोमबार जेनजी आन्दोलले उग्र रुप लिए सँगै बन्द भएका बैंक बिहीबारदेखि पुनस् सञ्चालनमा आएका हुन् ।

आन्दोलका क्रममा विभिन्न स्थानका बैंकहरूमा आगजनी तथा लुटपाट भएको थियो ।

नगन्य क्षतिकैबीच बैंकका सीईओहरूको संगठन बैंकर्स संघले बिहीबार चार घण्टाका लागि बैंकहरू खुलाउने निणर्य गरेको हो । बिहीबार बिहान १० बजेदेखि सञ्चलनमा आएका बैंक दिउँसो २ बजेसम्म खुला रहनेछन् । संघले अधिकतम तीनवटा शाखासम्म खोल्न भनेको छ ।

संघको निर्णय पालाना गर्दै अहिले काठमाडौंका वाणिज्य बैंकले आफ्ना शाखा कार्यलयबाट सेवा दिइरहेका छन् भने विकास बैंकहरूले पनि फाट्टफुट्ट रुपमा सेवा दिन थालेका छन् ।

प्रतिक्रिया