सोमबार, वैशाख १५, २०८२

आज थप १०५७ जना कोरोना संक्रमण मुक्त, डिस्चार्ज हुनेको संख्या नेपालमा ५६ हजार ४२८ पुग्यो

नेपालखोज २०७७ असोज १४ गते १७:४४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५७ जना डिस्चार्ज भएका छन् । आज देशभरका विभिन्‍न अस्पतालबाट थप १ हजार ५७ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार २०५ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ । आजसम्म १० लाख २१ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

त्यस्तै हाल देशभरका संस्थागत आइसोलेसन १० हजार ८७ जना र होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४२८ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ३० कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २०१ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

 

प्रतिक्रिया