सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८२ भदौ २९ गते १०:५४

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो । शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको थियो ।
सम्बन्धित








प्रतिक्रिया