बुधबार, पुष ९, २०८२

सेयर बजारमा नेगेटिभ सर्किट आएपछि ४० मिनेटका लागि रोकियो कारोबार

नेपालखोज २०८२ असोज २ गते ११:५२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेगेटिभ सर्किट आएपछि कारोबार केही समयका लागि स्थगित भएको छ ।

सेयर कारोबार खुलेको २ मिनेटमा ४ प्रतिशत घट्दा २० मिनेट स्थगित भएको दोस्रो पटक नेगेटिभ सर्किट लागेपछि सेयर कारोबार रोकिएको हो ।

सेयर कारोबार खुलेको २ मिनेटमा ४ प्रतिशत अर्थात् १०७.०४ अंक घटेपछि २० मिनेट स्थगित भएको थियो । २० मिनेटपछि अर्थात् ११:२३ मिनेटमा पुनः सेयर कारोबार ५ प्रतिशत अर्थात् १३३.६१ अंकले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

प्रतिक्रिया