बुधबार, पुष ९, २०८२

सुनचाँदी मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपालखोज २०८२ असोज ३ गते ११:१२

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर २ लाख १६ हजार कायम भएको हो । बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियाे ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदीको मूल्य तोलाको २ हजार ५ सय ८० कायम भएको महासंघले जनाएकाे छ । बिहीबार तोलामा २ हजार ५२० रुपैयाँमा कारोबार भएको थियाे ।

प्रतिक्रिया