बिहीबार, पुष १०, २०८२

अमेरिकी प्रतिबन्ध छल्दै रुस-भियतनामबीच गोप्य सम्झौता, ऊर्जा नाफाबाट हतियार सम्झौताको भुक्तानी

नेपालखोज २०८२ असोज ३ गते १६:३६

काठमाडाैं । रुस र भियतनामले अमेरिकी तथा पश्चिमी प्रतिबन्धबाट जोगिन हतियार सम्झौताको भुक्तानी ऊर्जा नाफामार्फत लुकाउने संयन्त्र विकास गरेका छन् ।

एसोसिएटेड प्रेसले प्राप्त गरेको आन्तरिक भियतनामी कागजातअनुसार संयुक्त तेल-ग्यास उद्यमको नाफा प्रयोग गरेर ऋण तिर्ने र हतियार खरिद गर्ने व्यवस्था बनेको छ, जसले विश्वव्यापी बैंकिङ प्रणालीलाई बाइपास गर्छ ।

यस योजनाअन्तर्गत भियतनामले मस्कोबाट लडाकू विमान, ट्याङ्क र जहाज ऋणमा लिएको छ र साइबेरियास्थित संयुक्त तेल कम्पनीको नाफाबाट किस्ता बुझाएको छ । लेनदेन नगद बिना तर गोप्य ढङ्गले प्रवाह हुनेगरी डिजाइन गरिएको हो ।

अमेरिकाले दक्षिणपूर्व एसियामा भियतनामसँग सम्बन्ध बलियो बनाउन खोजिरहेको तर ट्रम्प प्रशासनले रुसमाथि कडा प्रतिबन्धको धम्की दिइरहेको बेला यो खुलासा भएको हो । ह्वाइट हाउसले हनोईसँग व्यापारमा २० प्रतिशत भन्सार शुल्क लगाएर वार्ता जारी राखेको छ ।

संयन्त्रको काम गर्ने तरिका

सन् २०२४ मा तयार गरिएको मेमोअनुसार भियतनामको नाफा रूस पठाइन्छ । त्यसपछि रूसी राज्य स्वामित्वको कम्पनी जारुबेझनेफ्ट मार्फत फेरि भियतनामको पेट्रोभियतनाममा फिर्ता हुन्छ ।

यसरी रकम रूस र भियतनामभित्र मात्रै सर्छ र स्विफ्ट प्रणालीबाट जोगिन्छ ।

प्रतिक्रिया