बुधबार, पुष ९, २०८२

२७.८९ अंकले घट्याे नेप्से, ४ अर्ब १२ करोडकाे कारोबार

नेपालखोज २०८२ असोज ८ गते १६:०७

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से आज २७.८९ अंकले घटेर २६५४ अंकमा झरेको छ ।

अघिल्लो दिन ५ अर्ब २९ करोडको कारोबार भएकोमा आज ४ अर्ब १२ करोडको भयो ।

५३ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ५ को स्थिर रह्यो । होटेल तथा पर्यटन समूह ०.८५ प्रतिशत बढ्यो । होटल बाहेकका समूह सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै २.१६ प्रतिशत घट्यो ।

बैंकिङ ०.७३, विकास बैंक १.१३, हाइड्रोपावर ०.९६, लगानी १.९०, जीवन बीमा ०.५२, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा १.५१ तथा व्यापार समूह १.६५ प्रतिशत घटेकाे छ ।

प्रतिक्रिया