बुधबार, पुष ९, २०८२

२.३५ अंकले घट्यो नेप्से, ३ अर्ब २६ करोडकाे काराेबार

नेपालखोज २०८२ असोज ९ गते १५:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २.३५ अंक घटेको छ । आज बिहीबार २.३५ अंकले घटेकाे नेप्से परिसूचक २६५२ अंकमा झरेको छ ।

आज बजारमा ३ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन ४ अर्ब ४ करोडको कारोबार भएको नेप्सेमा आज कारोबार घटेको हो ।

आज १०७ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ५ को स्थिर रहेकाे छ । अधिकांश सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.१२, लगानी ०.२१ र व्यापार समूह १.३६ प्रतिशत बढेकाे छ ।

विकास बैंक ०.४४, फाइनान्स ०.५०, होटेल तथा पर्यटन १.४९, हाइड्रोपावर ०.०४, जीवन बिमा ०.०२, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.०९, निर्जीवन बिमा ०.३९ तथा अन्य ०.४९ प्रतिशत घटेकाे छ ।

प्रतिक्रिया