सुनको मूल्य १ हजार २०० ले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८२ असोज १० गते ११:५३

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे मूल्य शुक्रबार १ हजार २०० रुपैयाँ बढेर २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको छ । बिहीबार तोलामा २ लाख २१ हजार ३०० रुपैयाँ कायम भएको थियाे ।
यसैगरी चाँदी शुक्रवार तोलामा २ हजार ७४० रुपैयाँ पुगेको छ । आज कायम भएको चाँदीको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । बिहीबार चाँदी तोलामा २ हजार ६८५ रुपैयाँ थियो ।
सम्बन्धित








प्रतिक्रिया