नेपालले वेस्ट इन्डिजलाई दियाे १२३ रनको लक्ष्य
नेपालखोज
२०८२ असोज १४ गते २२:१६

काठमाडौं । नेपालले वेस्ट इन्डिजलाई १२३ रनको लक्ष्य दिएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा १२२ रन बनाएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । उनीबाहेक कप्तान रोहित पौडेलले १७ र कुशल मल्लले १२ रन को योगदान गरे । सन्दीप जोराले १४ रन बनाए ।
वेस्ट इन्डिजका बलरले उत्कृष्ट प्रदर्शन गरे । तीव्र गतिका बलर रामोन सिमोन्ड्स सर्वाधिक सफल रहे । उनले चार विकेट लिए । जेडिया ब्लेड्सले २ विकेट लिए । जेसन होल्डर र स्पिनर अकिल होसेन दुवैले एक–एक विकेट लिए ।
सम्बन्धित








प्रतिक्रिया