बुधबार, पुष ९, २०८२

सेयर कारोबार आज पनि नखुल्ने

नेपालखोज २०८२ असोज २० गते १०:४९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय आजदेखि खुल्ने भएको छ ।

गृह मन्त्रालयले सोमबारका लागि दिएको सार्वजनिक बिदा फिर्ता लिए पनि सेयर कारोबार आज पनि नखुल्ने कारोबार भने नखुल्ने नेप्सेले जनाएको छ ।

दसैँ बिदाका कारण नेपाल स्टक एक्सचेञ्ज परिसूचक गत सोमबारदेखि बन्द छ ।

बिदा सकिएसँगै आइतबारदेखि बजार खुला हुने भनिएको थियो । तर अविरल वर्षाका कारण राजमार्ग तथा हवाइ उडान अवरुद्ध भएसँगै आइतबार र सोमबारका लागि सरकारले सार्वजनिक विदा घोषणा गरेको थियो ।

प्रतिक्रिया