गाजा युद्धविराम वार्ताका लागि अमेरिकी दूत कायरोमा, इजिप्ट र हमास युद्धविराम सम्झौता हुनेमा ‘आशावादी’
नेपालखोज
२०८२ असोज २२ गते २१:४६

कायरो । गाजा युद्धलाई अन्त्य गर्ने उद्देश्यका साथ सुरू भएको वार्ताले बुधबारसम्म ‘उत्साहजनक’ सङ्केतहरू दिएको वार्तामा मध्यस्थताका लागि सहभागी इजिप्टका अधिकारीले बताएका छन् ।
वार्ता सकारात्मक रूपमा अगाडि बढ्ने सङ्केतपछि बुधबार शीर्ष अमेरिकी अधिकारी वार्तास्थलमा आइपुगेका छन् ।
इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे शान्ति प्रस्तावलाई वार्ताको आधार बनाइएको बताएका छन् ।
मध्यपूर्वमा युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपतिले लिएको पहलकदमीका लागि ट्रम्पको उनले प्रशंसा गरेका छन् ।
हमासले पनि आफ्नो शत्रु इजरायलसँग भएको अप्रत्यक्ष छलफलबाट समूह ‘आशावादी’ बनेको बताएको छ ।
सम्बन्धित








प्रतिक्रिया