एएफसी एसियन कप छनोट : पहिलो हाफमा बराबरी
नेपालखोज
२०८२ असोज २३ गते २१:००

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले भियतनामलाई खेलको पहिलो हाफसम्म १–१ को बराबरीमा रोकेको छ ।
भियतनामको हो चिमिन सहरको गो डाउ रङ्गशालामा जारी खेलमा पहिलो अग्रता भने भियतनामले लियो । खेलको नवौँ मिनेटमा फरवार्ड एनग्युएन टिन लिनले गोल गर्दै घरेलु टोलीलाई पहिलो अग्रतामा दिलाएका हुन् ।
त्यस्तै, खेलको १७औँ मिनेटमा नेपालका रोहन कार्कीको फ्रिकिकमा सनिस श्रेष्ठले हेडरमार्फत बललाई जाली चुमाए । खेलको पहिलो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित बनेको छ ।
भियतनामको गोल अवसरमा बाधा पुर्याएको भन्दै नेपालका लाकेन लिम्बूले सोझै रातो कार्ड पाएसँगै नेपाल १० खेलाडीमा सीमित बनेको हो । -रासस
सम्बन्धित








प्रतिक्रिया