बुधबार, पुष ९, २०८२

अफगानी सेनाद्वारा इरानमा अवैध रूपमा प्रवेश प्रयास गर्ने २०२ जनालाई पक्राउ

नेपालखोज २०८२ असोज २८ गते १५:०९

काबुल (अफ्गानीस्तान) । अफगानी सेनाले छिमेकी देश इरानमा अवैध रूपमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा इरानसँगको सिमानामा २०२ जनालाई पक्राउ गरेको मङ्गलबार पश्चिमी क्षेत्रको राष्ट्रिय सेनाले एक विज्ञप्ति मार्फत जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई गत हप्तामा पश्चिमी हेरात प्रान्तको घोरियन जिल्लाबाट हिरासतमा लिइएको विज्ञप्तिमा जनाइएको छ ।

यद्यपि सयौं अफगान शरणार्थीहरू इरानबाट दैनिक आफ्नो मातृभूमि अफगानिस्तान फर्कन्छन्, धेरै अफगानहरू आफ्नो युद्ध पछिको देशमा गरिबी र बेरोजगारीबाट बच्न हरेक दिन अवैध रूपमा इरान जान्छन् ।

अफगान सरकारले मानव बेचबिखन र छिमेकी देशहरूमा अवैध पारगमन रोक्ने वाचा सहित सिमा नाकाहरुमा कडाई गरेको छ ।

प्रतिक्रिया