बुधबार, पुष ९, २०८२

श्रीलङ्काकी प्रधानमन्त्री हरिनी अमरसुरिया भारत भ्रमणमा

नेपालखोज २०८२ असोज ३० गते १४:३१

नयाँदिल्ली । श्रीलङ्काकी प्रधानमन्त्री हरिनी अमरसुरिया पदभार ग्रहण गरेपछि पहिलो भारत भ्रमणका लागि बिहीबार नयाँ दिल्ली आइपुगेकी छिन् । भ्रमणले दुई देशबिचको नियमित र घनिष्ठको परम्परालाई निरन्तरता दिँदै मित्रता बलियो बनाएको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ ।

भ्रमणको क्रममा उनले आपसी हितका द्विपक्षीय सवालहरुमा छलफल गर्न भारतीय राजनीतिक दलका नेताहरूलाईसमेत भेट्ने कार्यक्रम तय भएको जनाइएको छ ।

भ्रमणको क्रममामा उनले दिल्लीमा एनडिटिभी र चिंतन रिसर्च फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रम एनडिटिभी वल्र्ड समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यसबाहेक, श्रीलङ्काका शिक्षा मन्त्री समेत रहेका अमरसुरियाले शिक्षा र प्रविधिको क्षेत्रमा सहकार्यका अवसरहरू पत्ता लगाउन इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) दिल्ली र नीति आयोग भ्रमण गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

दिल्ली विश्वविद्यालयको हिन्दू कलेजकी पूर्व छात्रासमेत रहेको श्रीलङ्काका प्रधानमन्त्री अमरसुरियाले अल्मा मेटरको भ्रमण गर्ने र दुई देशहरू बिचको व्यावसायिक सम्बन्धलाई सुदृढ पार्न एक व्यापारिक कार्यक्रममा भाग लिने कार्यक्रम तय भएको जनाइएको छ ।

यो भ्रमणले दृढ र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउँदै भारत र श्रीलङ्काबिच नियमित उच्चस्तरीय आदान–प्रदानको परम्परालाई निरन्तरता दिएको जनाइएको छ ।

अक्टोबर–२ मा अमरसुरियाले भारतीय उच्चायुक्त सन्तोष झासँग कोलम्बोमा प्रधानमन्त्री कार्यालयमा रहेको महात्मा गान्धीको मूर्तिमा पुष्पाञ्जलि अर्पण गरेकी थिइन् ।

समााजिक सञ्जाल एक्समा तस्बिरहरू राख्दै कोलम्बो–श्रीलङ्का भारतीय उच्च आयोगले “माननीय प्रधानमन्त्री अमरसुरिया र उच्चायुक्त सन्तोष झाले सँगै प्रधानमन्त्रीको निवासमा रहेको महात्मा गान्धीको मूर्तिमा पुष्पाञ्जलि अर्पण गरेको जनाएको छ । यस वर्ष महात्मा गान्धीको १५६ औँ जन्म जयन्ती मनाउदै गर्दा भारतको स्वतन्त्रतामा उहाँको महत्वपूर्ण भूमिकाका लागि राष्ट्रपिताको रूपमा स्मरण गरिएको छ ।

सन् १८६९ अक्टोबर–२ मा गुजरातको पोरबन्दरमा जन्मेका महात्मा गान्धी (मोहनदास करमचन्द गान्धी) अहिंसात्मक आन्दोलनका अग्रदुत थिए । अहिंसा र सत्याग्रहको दर्शनका माध्यमबाट उनले ब्रिटिस औपनिवेशिक शासनविरुद्ध स्वतन्त्रता सङ्घर्षमा भाग लिन लाखौँ भारतीयहरूलाई परिचालन गरेका थिए ।

भारतले स्वतन्त्रता प्राप्त गरेको केही महिनापछि सन् १९४८ जनवरी –३० मा नाथुराम गोडसेले नयाँ दिल्लीको गान्धी स्मृतिमा महात्मा गान्धीको हत्या गरेका थिए ।

प्रतिक्रिया