शनिबार, मंसिर २७, २०८२

यस वर्षको भाईटीकाको शुभ साइत सार्वजनिक

नेपालखोज २०८२ असोज ३१ गते ९:३०

काठमाडौं । विश्व ज्योतिष महासंघ (World Astro Federation) अन्तर्गत अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले २०८२ साल तिहार (शुभ दीपावली) का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जारी विज्ञप्तिअनुसार काठमाडौंमा भाइटीकाको शुभ साइत कार्तिक ६ गते बिहान ११:३९ बजे रहेको छ ।

भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया, यूएई, कतारलगायत देशहरूमा स्थानीय समयअनुसार ११ बजेदेखि १२ बजेसम्म टीका लगाउने शुभ समय निर्धारण गरिएको छ ।

समितिले उक्त साइतलाई सबैभन्दा उपयुक्त समय मानेर सो समयमा टीका लगाउन सिफारिस गर्दै, आफ्नो स्थानअनुसार अनुकूल समयमा पनि टीका लगाउन सकिने जनाएको छ ।

प्रतिक्रिया