बुधबार, पुष ९, २०८२

गाजाका नागरिकमाथि हमासको आक्रमणको योजना : अमेरिकी

नेपालखोज २०८२ कार्तिक २ गते १३:३३

काठमाडाैं । अमेरिकी राज्य विभागले २०२५ अक्टोबर १८ मा एक विज्ञप्ति जारी गर्दै हमासले गाजामा फिलिस्तिनी नागरिकमाथि आक्रमण गर्ने योजना बनाएको विश्वसनीय जानकारी प्राप्त भएको जनाएको छ । यसले हालको अभबकभाष्चभ सम्झौताको उल्लङ्घन गर्ने भएकाले शान्ति प्रक्रिया संकटमा पर्न सक्ने चेतावनी दिइएको छ ।

राज्य विभागका अनुसार, ‘यो योजनाबद्ध आक्रमणले गाजाका फिलिस्तिनी नागरिकमाथि प्रत्यक्ष र गम्भीर उल्लङ्घन हुनेछ र मध्यस्थताका प्रयासहरूको महत्त्वपूर्ण प्रगतिको अवमूल्यन हुनेछ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि भने, ‘यदि हमासले गाजामा मानिसहरूलाई मार्न जारी राख्यो भने, हामीसँग उनीहरूलाई मार्न जानुको विकल्प हुनेछैन ।’ यद्यपि, उहाँले पछि अमेरिकी सैनिकहरू गाजामा नपठाउने स्पष्ट पारे ।

यो चेतावनी शान्ति सम्झौताका ग्यारेन्टरहरू अमेरिका, इजिप्ट, कतार र टर्कीएलाई दिइएको छ । सम्झौताअनुसार, इजरायलले गाजामा सैन्य कारबाही अन्त्य गरेको छ र जीवित बन्धकहरू र मृतकका शवहरूको फिर्ती प्रक्रिया जारी छ ।

यसैबीच, हमासले गाजाका ध्वस्त शहरहरूमा आफ्नो नियन्त्रण कडा बनाउँदै गुप्तचरको आरोपमा आठ जनालाई सार्वजनिक रूपमा मृत्युदण्ड दिएको छ ।

प्रतिक्रिया