शनिबार, वैशाख २०, २०८२

अक्सफोर्डले तयार गरेको कोरोना खोपले २०२० को अन्त्यसम्ममा मान्यता पाइने अपेक्षा

नेपालखोज २०७७ असोज १८ गते २०:५४

एजेन्सी । सन् २०२० को अन्त्यसम्ममा अक्सफोर्डमा परीक्षण भइरहेको कोरोना खोपलाई नियामक संस्थाहरूले अनुमति दिइसक्ने अपेक्षा लिइएको छ ।

बेलायती सञ्चार माध्यमका अनुसार अबको ६ महिनामा यो खोप उपलब्ध भइसक्ने सम्भावना छ । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले औषधि कम्पनी एस्ट्राजेनेकासँग मिलेर कोरोना खोपको मानव परीक्षण गरिरहेको छ ।

यसलाई क्रिसमस सम्ममा आवश्यक मान्यता प्राप्त हुने अपेक्षा लिइएको बेलायतको टाइम्स पत्रिकाले सरकारी सूत्रहरूलाई उद्धृत गदै खेलेको छ ।  बेलायतको खोप तथा प्रतिरक्षण कार्यक्रमको प्रोटोकल अन्तर्गत स्वीकृति प्राप्त खोप ६५ वर्षभन्दा माथिका मानिसलाई उपलब्ध गराइनेछ ।

त्यसपछि बढी जोखिम भएका युवालाई खोपको डोज दिइनेछ । तर रोयल सोसाइटीको प्रतिवेदनमा खोप निर्माण र वितरण अघि सबै कुरा सुनिश्चित पार्नु आवश्यक छ । रिपोर्टमा खोप प्राथमिकताका लागि मापदण्ड स्थापित गर्न माग गरिएको छ ।

प्रतिक्रिया