सोमबार, पुष ७, २०८२

फुटबल : नेपाल र इरानबीच खेल हुँदै

नेपालखोज २०८२ कार्तिक ७ गते १२:२१

काठमाडाैं । भारतमा जारी त्रिदेशीय अन्तरराष्ट्रिय प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली आज इरानसँग खेल्दैछ ।

भारतको सिलोङस्थित जवहारलाल नेहरु रङ्गशालामा हुने उत्त खेल नेपाली समयअनुुसार साँझ ६ः१५ मा सुरु हुनेछ । सावित्रा भण्डारीको कप्तानीमा रहेको नेपालले इरानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।

इरान पनि आफ्नो विजयी यात्रालाई कायम राख्न चाहन्छ । पहिलो खेलमा इरानले घरेलु टोली भारतविरुद्ध २–० को जित निकालेको थियो । पछिल्लो पटक इरान नेपालको भेट सन् २०१९ मा भएको थियो ।

भारतकै कालिङ्गा रङ्गशालामा भएको हिरो महिला कप फुटबल प्रतियोगितामा नेपाल विजयी भएको थियो । फिफा बरियतामा इरान ७०औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा छ ।

नेपाली टोलिमा कप्तान भण्डारीसहित अनिता बस्नेत, अञ्जना राना मगर, एञ्जिला तुम्बापो सुब्बा, बिमला बिक, दीपा शाही, हिराकुमारी भुजेल, मनमाया दमाई, मिना देउवा र निशा थोकर छन् ।

त्यस्तै प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु र उषा नाथ छन् । -रासस

प्रतिक्रिया