टोखा नगरपालिकामा बसमा तोडफोड गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०७७ असोज १९ गते १४:५३
काठमाडौं । टोखा नगरपालिका ९ शविमन्दिरस्थित सडक किनारमा पार्किङ गरी राखेको बा.४ ख ८८४५ नम्बरको बसमा तोडफोड गरेको अभियोगमा काठमाडौं मित्रनगर बस्ने सुनसरी धरान उपमहानगरपालिका घर भएका २१ वर्षीय सन्तोष बिकलगायत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी बसमा ढुङ्गा र इँट्टाले प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया