बुधबार, पुष ९, २०८२

ट्रम्पको विश्व पुन:निर्माण योजनाबाट टाढा हुन सङ्घर्षरत युरोप

नेपालखोज २०८२ कार्तिक ८ गते १४:४९

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा इजरायल-हमासबीच भएको अमेरिकी-मध्यस्थतामा युद्धविराम सम्झौताको स्वागत गर्दा उनका पछाडि उभिएका विश्व नेताहरू केवल प्रतीकात्मक रूपमा देखिए । यो युरोपको घट्दो प्रभावको स्पष्ट सङ्केत थियो ।

गाजा युद्धदेखि युक्रेन द्वन्द्वसम्म युरोपेली देशहरू कूटनीतिक रूपमा आफ्नो स्थान जोगाउन सङ्घर्षरत छन् भने ट्रम्पले ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत विश्व राजनीतिलाई पुनः आकार दिने प्रयास तीव्र बनाएका छन् ।

भू–राजनीतिक विज्ञ लिन्डसे न्युम्यान भन्छन्, ‘ट्रम्पको नीति अब अलगाववादी होइन-उनी आफ्नो छविमा संसार पुनःनिर्माण गर्दै छन् । युरोपले उहाँलाई प्रभाव पार्न सक्ने सम्भावना अत्यन्त न्यून छ ।’

युक्रेन युद्धमा दबाब र विभाजन

रूसविरुद्ध युरोपको समर्थन र ट्रम्पको दृष्टिकोणबीच गहिरो मतभेद छ । उनले पछिल्लो हप्ता रूसी तेल–ग्यास उद्योगमाथि प्रतिबन्ध लगाए पनि त्यो कदम रुसी राष्ट्रपति पुटिनप्रतिको निराशाबाट बढी प्रेरित थियो । उनले भनेका छन्, ‘मैले धेरै पटक भ्लादिमिरसँग राम्रो कुरा गरेको छु, तर केही परिणाम निस्किँदैन ।’

ट्रम्पले युक्रेन युद्ध रोक्ने वाचा पूरा गर्न सक्नुभएको छैन । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की र पुटिनबीच वार्ताको पहल असफल भएपछि उहाँले युरोपेली नेताहरूलाई सहयोगको आग्रह गरे । तर युरोप भित्रै मतभेद देखिएको छ ।

युरोपेली सङ्घ (इयु) ले युक्रेन सहयोगका लागि फ्रिज गरिएका रूसी सम्पत्ति प्रयोग गर्ने योजनामा सहमति जुटाउन सकेको छैन । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले अझै पनि समर्थनको विरोध गरिरहेका छन् ।

प्रतिक्रिया