बुधबार, पुष ९, २०८२

५.१९ अंकले बढ्याे नेप्से, २ अर्ब ६६ करोडको कारोबार

नेपालखोज २०८२ कार्तिक ९ गते १५:४८

काठमाडाैं । सेयरबजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । नेपसे ५.१९ अंकले बढेर २५०७.२७ विन्दुमा पुगेको हो ।

आजबाट खुलेको बजारमा २ अर्ब ६६ करोडको सेयर किनबेच भएको छ । कुल ५५ लाख ९६ हजार कित्ता बिक्रीमा याे कारोबार भएको हो ।

यस दिन ९८ वटा सेयरको मूल्य बढ्दा १४६ वटाको घटेको र चारवटाको अघिल्लो मूल्यमा कारोबार भएको छ ।

एसबीएल डिबेन्चर १० प्रतिशतले मूल्य बढ्दा समता घरेलु लघुवित्त, हिमालयन पावर पार्टनर्स, नेपाल पुनर्बीमालगायतको अधिकतम ८.८९ प्रतिशतसम्म बढ्यो ।

प्रतिक्रिया