जर्जिया : अवैध रूपमा युरेनियम किन्ने प्रयास गरेको आरोपमा तीन चिनियाँ नागरिकलाई गिरफ्तार

काठमाडाैं । जर्जियाको आन्तरिक सुरक्षा सेवाले त्बिलिसीमा तीन चिनियाँ नागरिकहरूलाई दुई किलोग्राम युरेनियम-एक प्रकारको आणविक सामग्री-अवैध रूपमा किन्ने प्रयास गरेको अभियोगमा गिरफ्तार गरेको छ ।
यो घटनाको घोषणा जर्जियाको सुरक्षा सेवाले गरेको हो। गिरफ्तार भएकाहरूले ४४००,००० ९लगभग ५ करोड ३० लाख नेपाली रुपैयाँ० मा युरेनियम खरिद गर्ने योजना बनाएका थिए र यसलाई रुस हुँदै चीन लैजाने तयारीमा थिए ।
सुरक्षा सेवाको विज्ञप्तिमा युरेनियमलाई ‘न्यु क्लियर सामग्री’ भनेर वर्णन गरिएको छ, तर यसको उद्देश्य वा थप विवरणहरूबारे कुनै जानकारी दिइएको छैन । गिरफ्तार व्यक्तिहरूमाथि अवैध कारोबारको अभियोग लगाइएको छ, जसको सजाय १० वर्षसम्मको कैद हुन सक्छ ।
जर्जियामा सोभियत युगका न्यु क्लियर सामग्रीहरूको सुरक्षाको विषय लामो समयदेखि चिन्ताको केन्द्रमा छ । १९९१ मा सोभियत सङ्घको विघटनपछि स्वतन्त्र भएको जर्जियामा यस्ता सामग्रीहरूको अवैध व्यापारका धेरै घटनाहरू रिपोर्ट भएका छन् ।
यसै वर्षको जुलाई महिनामा जर्जियाली प्रहरीले एक जर्जियाली र एक तुर्की नागरिकलाई रेडियोएक्टिभ पदार्थहरू अवैध रूपमा खरिद, कब्जा र नष्ट गर्ने अभियोगमा गिरफ्तार गरेको थियो । ती पदार्थहरू घातक बम बनाउन प्रयोग हुन सक्ने थिए ।
यो गिरफ्तारीले पूर्व सोभियत क्षेत्रमा न्यु क्लियर सामग्रीहरूको अवैध व्यापार रोक्ने अन्तर्राष्ट्रिय प्रयासहरूलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ । जर्जियाली अधिकारीहरूले यस्ता घटनाहरू रोक्न कडा निगरानी बढाउने बताएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार








प्रतिक्रिया