वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त सिन्धुपाल्चोकका तामाङ पक्राउ
नेपालखोज
२०७७ असोज १९ गते १८:३३
काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त काठमाडौं आरुबारी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका ६ घर भएका २८ वर्षीय भिम बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ भदौ ११ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भइ फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ६ बौद्ध स्तुपामा फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ ।
साथै सोही मुद्दामा संलग्न रही फरार अभियुक्त तुल बहादुर तामाङलाई काठमाडौं महानगरपालिका २८ डिल्लीबजारबाट शुक्रबार पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत बबरमहल काठमाडौं पठाइसकेको उक्त महाशाखाले जानकारी दिएको छ ।
सम्बन्धित








प्रतिक्रिया