विश्वकप लिग-२ : नेपाल युएईसँग ५ विकेटले पराजित
नेपालखोज
२०८२ कार्तिक १३ गते १८:५२

काठमाडौं ।आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
युएईको आईसीसी एकेडेमीमा भएको आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग ५ विकेटले पराजित भयो ।
नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको युएईले ४३ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । युएईका आर्यशं शर्माले सर्वाधिक ९८ रन बनाए । ९८ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै युएईलाई जितको बाटो देखाए । अलिशान सराफुले ४५ र मोहम्मद वासिनले २६ रनको योगदान दिए ।
बलिङमा नेपालका सन्दीप लामिछानेले दुई, करण केसी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।
सम्बन्धित








प्रतिक्रिया