सीद्वारा आठ वर्षपछि क्यानाडाली प्रधानमन्त्रीलाई चीन भ्रमणको आमन्त्रण

काठमाडाैं । चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई चीन भ्रमणका लागि निमन्त्रणा दिएका छन् । सन् २०१७ पछि दुवै देशका नेताबीचको यो पहिलो औपचारिक वार्ता हो । यो भेट जापानका नयाँ प्रधानमन्त्रीसँगको पहिलो छलफल अघि भएको हो ।
चीन र क्यानाडाबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा पश्चिमी मुलुकहरूमध्ये सबैभन्दा तनावपूर्ण मानिँदै आएको छ । तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र सी जिनपिङबीच बिहीबार भएको व्यापार तनाव घटाउने सहमति पश्चात् दुवै देशबीचको वातावरण केही सहज बन्दै गएको छ ।
सीले दक्षिण कोरियामा भइरहेको एपेक शिखर सम्मेलनमा कार्नीलाई सम्बोधन गर्दै भने, ‘दुवै पक्षको संयुक्त प्रयासले चीन-क्यानाडा सम्बन्धमा सकारात्मक सुधार आएको छ । चीन यो सम्बन्धलाई सही दिशामा लैजान क्यानाडासँग काम गर्न इच्छुक छ ।’
प्रधानमन्त्री कार्नीले सीको निमन्त्रणालाई खुशीपूर्वक स्वीकार गर्दै हालका विषयहरू समाधान गर्न ‘रचनात्मक र व्यावहारिक संवाद’ आवश्यक रहेको बताए । उनले यस्तो संवादले ‘दिगो र समावेशी अन्तर्राष्ट्रिय प्रणाली निर्माणमा योगदान पु¥याउने’ विश्वास व्यक्त गरे ।
सन् २०१८ मा क्यानाडामा अमेरिकी अनुरोधमा एक वरिष्ठ चिनियाँ दूरसञ्चार कार्यकारीको गिरफ्तारीपछि चीनले दुई क्यानाडाली नागरिकलाई पक्राउ गरेको घटनाले सम्बन्धमा गहिरो चिसोपन ल्याएको थियो । त्यसयता व्यापारिक तनाव पनि बढ्दै गएको छ ।








प्रतिक्रिया