घट्यो सुनचाँदीको मूल्य
नेपालखोज
२०८२ कार्तिक १९ गते ११:१५

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १०० ले घटेको छ।
जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ३७ हजार २०० निर्धारण गरिएको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा २ लाख ३८ हजार ३०० थियो।
चाँदीको मूल्य पनि आज घटेको छ। हिजो तोलामा ३ हजार १५ मा कारोबार भएको चाँदी आज तोलामा २ हजार ९९० मा झरेको छ, जसअनुसार चाँदीमा २५ ले कमी आएको हो।
सम्बन्धित








प्रतिक्रिया