तोलामा २९०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपालखोज
२०८२ कार्तिक २४ गते ११:०४

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।
सम्बन्धित








प्रतिक्रिया