चार लाख रुपैयाँ लुटपाट गरेको अभियोगमा भक्तपुरबाट पक्राउ
नेपालखोज
२०७७ असोज २१ गते १४:४८
भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-२ मनहरा दिव्यश्वरी प्लानिङबाट काठमाडौं बालाजु बस्ने ३० वर्षीय पुरुषको बा.१५ च ४०५ नम्बरको कारको ढोका फुटाई नगद चार लाख रुपैयाँ लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा लोकन्थली बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३१ वर्षीय धन बहादुर भण्डारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनको साथबाट अमेरिकी डलर १ को २ सय ९८ वटा, २ को १ वटा, ५० को ३ वटा र १ थान सादा कागजको बिट्टो समेत बरामद गरेको छ । साथै उक्त घटनामा संलग्न रहेका उनकै साथी २५ वर्षीय कमल खड्काले लुटपाट गरेको नगद लिई फरार भएकोले प्रहरीले उनको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
सम्बन्धित








प्रतिक्रिया