बुधबार, पुष ९, २०८२

नेप्से दोहोरो अङ्कले घट्यो, ३ अर्ब ८४ करोडकाे काराेबार

नेपालखोज २०८२ कार्तिक २६ गते १५:५८

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०‍.५६ अङ्कले घटेर २५४४.५९ बिन्दुमा झरेको हो ।

बुधबार ३२१ कम्पनीको ८४ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै एनआरएन इन्फ्राइस्ट्रक्चर ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारमा आज ४९ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको मूल्य घटेको छ ।

त्यस्तै, राधी विद्युत् कम्पनीको २२ करोड, साहस ऊर्जाको १४ करोड, युनियन हाइड्रोपावरको १३ करोड र शिवम् सिमेन्टको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया