जेलेन्स्कीलाई भ्रष्टाचारविरुद्ध ‘ऊर्जावान’ कदम चाल्न मर्जको आग्रह
नेपालखोज
२०८२ कार्तिक २७ गते १८:४२

बर्लिन । युक्रेनले भ्रष्टाचारविरुद्ध लड्न अझ धेरै काम गर्ने अपेक्षा जर्मनीले गरेको जर्मन चान्सलर फ्रेडरिक मर्जले बताउनुभएको छ ।
जेलेन्स्कीसँग गरेको टेलिफोन संवादमा मर्जले भने, ‘युक्रेनी सरकारले भ्रष्टाचारविरोधी उपायहरू र विशेष गरी कानूनको शासनको क्षेत्रमा थप सुधारहरू’ उत्साहपूर्वक अगाडि बढाउनुपर्छ ।
बुधबार जेलेन्स्कीले ऊर्जा क्षेत्रमा भएको व्यापक आर्थिक अपचलनलाई लिएर आफ्ना ऊर्जा र न्याय मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । युक्रेनको उर्जा क्षेत्र लगभग चार वर्षदेखि रूसी आक्रमणबाट प्रभावित छ । संवादमा जेलेन्स्कीले मर्जलाई अर्जा षेत्रमा भएको आर्थिक घोटालाबारे अनुसन्धानको बारेमा जानकारी गराएका थिए ।
सन् २०२२ को फेब्रुअरीमा रुसले पूर्ण आक्रमण सुरु गरेयता जर्मनी युक्रेनलाई सहायताको दोस्रो सबैभन्दा महत्त्वपूर्ण आपूर्तिकर्ता भएको छ । -रासस/एएफपी
सम्बन्धित








प्रतिक्रिया