एभरेस्ट महिला भलिबल : काठमाडौं स्पाइकर्सको जित
नेपालखोज
२०८२ कार्तिक २७ गते २१:३२
काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले पोखरा निञ्जाजलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा काठमाडौँले पोखरालाई ३–१ को सेटमा पराजित गरेको हो ।
काठमाडौंले सुरुआती दुई सेट २५–१९, २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा भने काठमाडौं १२–२५ ले पछि प¥र्यो । चौथो सेटमा २५–१८ ले विजयी भयो ।
चार खेल खेल्दा दोस्रो जीत निकालेको काठमाडौँ ६ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । पोखराले भने पाँचै खेल खेलिसक्दा १ जीत तथा ४ हारका साथ ४ अङ्क जोडेर लिग सकाएको छ ।
सम्बन्धित








प्रतिक्रिया