सोमबार, पुष ७, २०८२

एनपीएलको दोस्रो संस्करणलाई आर्थिक हिसाबले भन्दापनि व्यवस्थित गर्न पारस खड्का जोड

नेपालखोज २०८२ कार्तिक २९ गते १४:३८

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणलाई आर्थिक हिसाबले भन्दापनि प्रतियोगितालाई व्यवस्थित गर्नमा जोड दिएका छन् ।

शनिबार नेपाल प्रिमियर लिग २०२५ को पत्रकार सम्मेलनमा बोल्दै उनले दोस्रो संस्करणमा प्रवेश गरिरहँदा ठुलो आर्थिक अपेक्षा भन्दा पनि प्रतियोगितालाइ व्यवस्थित गर्नमा जोड दिनुपर्ने धारणा राखेका हुन् ।

उनले आफ्नो क्षमता अनुसार काम र कर्तव्य पूरा गर्ने कोसिस गरेको भन्दै नेपाल प्रिमियर लिग दोस्रो संस्करण सकिएपछि यसको मूल्याङक गर्ने बताए ।

एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि भने पहिलो संस्करणकै कायम राखिएको खड्काले जानकारी दिए । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख राशिको पुरस्कारसहित उपाधि जितेको थियो ।

प्रतिक्रिया