मंगलबार, पुष ८, २०८२

विकास–निर्माणका गतिविधि रोकिन नहुने

नेपालखोज २०८२ कार्तिक २९ गते १६:१३

सुरुङ्गा (झापा । सभामुख देवराज घिमिरेले मुलुकमा विकास–निर्माणका गतिविधि रोकिन नहुने बताएका छन् ।

बिर्तामोड – ५ स्थित देवी माध्यमिक विद्यालयका लागि रु छ करोडको लागतमा निर्माण गरिने १२ कोठाको तीनतले भवनको आज शिलान्यास गर्दै उनले जस्तोसुकै अवस्थामा पनि विकासका गतिविधि जारी रहनुपर्नेमा जोड दिए ।

साथै उनले विद्यालय भवन निर्माणमा भौतिक एवं आर्थिक रूपमा सघाउन सबैमा आग्रह गरे । शिक्षा मन्त्रालयले केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत ‘बिग स्कूल प्रजेक्ट’ अन्तर्गत भवन निर्माण हुने विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताए ।

प्रतिक्रिया