बिहीबार, पुष १०, २०८२

आशा लघुवित्तले १० प्रतिशत लाभांश घोषणा, बोनससहित नगद पनि वितरण हुने

नेपालखोज २०८२ कार्तिक ३० गते १२:५७

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

लघुवित्तका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण प्रक्रिया सुरु हुनेछ।

गत आर्थिक वर्षमा संस्थाले हासिल गरेको मुनाफालाई आधार बनाएर प्रस्तुत गरिएको यो लाभांश वितरण योजनाले शेयरधनीमा सकारात्मक प्रभाव पर्ने अपेक्षासमेत गरिएको छ।

प्रतिक्रिया