आइतबार, पुष ६, २०८२

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

नेपालखोज २०८२ मंसिर ४ गते ७:१९

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।

निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया