आइतबार, पुष ६, २०८२

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्दै

नेपालखोज २०८२ मंसिर ४ गते १२:०५

पाटन (ललितपुर) । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठकको मिति पुन:परिवर्तन भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएका जानकारी अनुसार आज दिउँसो २:०० बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने भनिएको बैठक यही मङ्सिर ६ गते शनिबार दिउँसो १:०० बजे बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया